Salyani Society South Korea

सामुहिक प्रतिवद्धता, हामी जहाँ भएपनि सल्यानी एकता

सल्यानी समाज दक्षिण कोरिया

प्रथम वार्षिक साधारण सभा २०२५ सम्पन्न

सल्यानी समाज दक्षिण कोरिया को प्रथम वार्षिक साधारण सभा सन् २०२५ जनवरी २९ तारिखका दिन सउलको दोङदेमुनमा सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त सभामा संस्थाका पदाधिकारीहरू, सदस्यहरू तथा समुदायका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण तथा आगामी कार्ययोजनाहरू प्रस्तुत गरी छलफल गरिएको थियो।

सदस्यहरूको सक्रिय सहभागितासहित विभिन्न सुझाव तथा सल्लाहहरू आदानप्रदान गरिएको थियो, जसले संस्थालाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

यस साधारण सभाले संस्थाको पारदर्शिता, उत्तरदायित्व र समुदायप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सदस्यहरू तथा आयोजक टोलीलाई सल्यानी समाज दक्षिण कोरिया हार्दिक धन्यवाद व्यक्त गर्दछ।

आजै हामि संग जोडिनुहोस्

सदस्यता लिनुहोस्, सेवा लिनुहोस् र समुदायलाई अझ बलियो बनाउन सहयोग गर्नुहोस्।

Scroll to Top