Salyani Society South Korea

सामुहिक प्रतिवद्धता, हामी जहाँ भएपनि सल्यानी एकता

सल्यानी समाज दक्षिण कोरिया

संस्थाको परिचय

सल्यानी समाज दक्षिण कोरिया

नेपालीहरु आफ्नो लगायत घर परिवारका सपनाहरु पुरा गर्ने उदेश्यले विभिन्न पेसा व्यवसाय रोजगार तथा अध्ययन को लागि दक्षिण कोरिया प्रवेश गर्नुभएको छ। त्यसै शिलशिलामा सल्यानीहरु पनि २००८ देखि नै कोरिया प्रवेश गरेको पाईन्छ। कोरियामा रहेका नेपालीहरु बिच भेटघाट गर्ने , रमाईलो र प्रवास को बसाईमा आई पर्ने विभिन्न समस्याहरुलाई समाधान गर्नको लागि नेपाली संघ संस्थाहरु स्थापना गर्ने क्रमसङ्गसङ्गै नेपाल कर्णाली प्रदेश सल्यान जिल्ला जन्मभूमि वा पुर्ख्यौली थलो सल्यान जिल्ला भई नेपालका विभिन्न क्षेत्रमा बसोबास गरि दक्षिण कोरिया आएका सल्यानीहरु मिलेर सन् २०२० मा फेसबुक मेसेन्जर मार्फत ग्रुप निर्माण गरेर सल्यानीहरु एकिकृत गर्दै सन् २०२१ मा सल्यानी समाज दक्षिण कोरिया नामक सामाजिक संस्था स्थापना गरिएको थियो।

सल्यानी समाज दक्षिण कोरिया संस्थाका संस्थापक अध्यक्षमा सल्यान जिल्ला कुमाख गाउपालिकाका बसन्त कुमार राना चयन हुनुभयको थियो। संस्था स्थापना गर्नुको मुख्य उद्देश्य कोरियामा कार्यरत सल्यानी तथा नेपालीहरुलाई आपत् विपद परेको बेला आर्थिक, भौतिक, नैतिक तथा मानविय सेवा सहयोग र संस्थाको आर्थिक अवस्था हेरेर जन्म भूमि नेपालमा शिक्षा, र स्वास्थ्य क्षेत्रमा वर्ष मा एक पटक कार्यक्रम गर्ने रहेको थियो।

प्रवास मा जोकोहि सल्यानी गम्भिर बिरामि परेमा उपचारको लागि आर्थिक अवस्था कमजोर भएमा वा उपचार खर्च अपुग भए आर्थिक संकलन गरि सहयोग गर्ने, भाषाको समस्या भएमा भाषा जानेको वा दोभाषे खोजेर भयपनि समस्या समाधान गर्ने , कुनै व्यक्ति बेरोजगार भएमा आफ्नो कम्पनिमा वा आफुले जानेबुझेको ठाउँमा काम खोजेर सहयोग गर्ने र त्यो अवधिभर बस्नको लागि सेल्टरको व्यवस्था गर्ने जस्ता थुप्रै कामहरु गर्ने एवम् सल्यानीहरु धरपकडमा परेर बेखर्ची भएमा वा स्वदेश फर्किनको लागि हवाई भाडाको लागि पैसा तिर्न नभएको अवस्थामा पनि साथिहरु मिलेर सानो ठुलो जति हुन्छ सहयोग उठाएर हवाई टिकट व्यवस्था गरिदिने, कानुनी समस्यामा परेका साथिहरुलाई आफुले जानेबुझेका कुराहरु सहयोग गर्ने र संस्थाले नसक्ने जटिल अवस्थामा कानुनी परामर्शदाताहरु संग सम्पर्क गराईदिने जस्ता विभिन्न कार्यहरु गर्ने यस्ता विभिन्न कार्यहरु संस्थाले स्थापनाकालदेखि आजसम्म गर्दै आईरहेको छ। कोरियामा कार्यरत सल्यानी र नेपालीहरु बिचमा मनोरञ्जन गर्न गराउनका लागी विभिन्न किसिमका खेलकुद ताथा सांस्कृतिक कार्यक्रमहरु, र स्वास्थ्य सम्वन्धी जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्ने र अन्य संघसंस्थाहरुले आयोजना गरेका विभिन्न कार्यक्रम तथा प्रतियोगिताहरुमा सल्यानी समाजको प्रतिनिधित्व गर्दै सहभागी हुने जस्ता कार्यहरु गर्दै आईरहेको छ।

Scroll to Top