सल्यानी समाज दक्षिण कोरिया द्वारा आयोजित संयुक्त बडादशैं २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा टीका ग्रहण कार्यक्रम २०२५ अक्टोबर ६ तारिखका दिन छन्नानस्थित माईतिघर रेष्टुरेन्टमा सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रममा कोरियामा रहेका सल्यानी तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले परम्परागत रूपमा टीका ग्रहण गर्दै एकअर्कामा शुभकामना आदानप्रदान गरेका थिए, जसले प्रवासमा पनि नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।
कार्यक्रमले समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउन, एकता बढाउन तथा सांस्कृतिक पहिचानलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको छ। साथै, सबै सहभागीहरूका लागि भेटघाट, अनुभव साटासाट र रमाइलो गर्ने अवसर पनि प्रदान गरेको थियो।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सदस्यहरू, आयोजक टोली तथा सहभागीहरूलाई सल्यानी समाज दक्षिण कोरिया हार्दिक धन्यवाद व्यक्त गर्दछ। आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू निरन्तर आयोजना गरिने जानकारी गराइन्छ।